चन्द्रागिरि नगरपालिकाका सबै वडामा अब घरदैलो नर्सिङ सेवा
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका १५ वटै वडामा घरदैलो नर्सिङ सेवा सुरू गरिने भएको छ । मंगलबार नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकाका प्रतिनिधि र नगरप्रमुख घनश्याम गिरी तथा नगरका अन्य प्रतिनिधिहरू सम्मलित बैठकले सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ कार्यक्रम संचालन गर्ने बारेको सम्झौता पत्रमा हस्ताक्षर गरेपछि यस अभियानले औपचारिक रूप लिएको हो ।
बैठकमा बोल्नुहुँदै नगर प्रमुख घनश्याम गिरीले भदाै महिनाभित्र यस अभियानका लागि आवश्यक पर्ने जनशक्ति (नर्स)हरुको व्यवस्था गरि नगरका सबै वडाहरूमा घरदैलो नर्सिङ सेवा सुरु हुने जानकारी दिनुभयो । घरदैलो नर्सिङ सेवाबाट नगरबासीहरूले यथेष्ठ मात्रामा लाभान्वित हुनेमा आफू विश्वस्त रहेको धारणा राख्नुहुँदै नगरप्रमुख गिरीले यस अभियानलाई सफल बनाउन सबै नगरबासीहरूमा अनुरोध समेत गर्नुभएको छ ।
चन्द्रागिरि नगरका सबै वडाहरूमा हाल स्वास्थ्य चाैकी तथा शहरी स्वास्थ्य केन्द्रले सेवा दिइरहेका छन् भने थानकोटस्थित प्राथमिक अस्पतालले नियमित सेवाका अतिरिक्त २४सै घण्टा इमरजेन्सी सेवा उपलब्ध गराउँदै आएको छ ।












