कीर्तिपुरमा दिउँसै विभत्स हत्या, आरोपित पहिचान, चन्द्रागिरिमा समेत कडा सुरक्षा जाँच
थानकोट ।
कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ ।
कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, दिउँसो साढे २ बजेको समयमा एकजना युवामाथि धारिलो हतियार प्रहार भएको थियो ।
गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।
हतियार प्रहार गर्नेको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने एसपी भट्टराईले बताए ।
‘हतियार प्रहार गर्नेका पहिचान भइसकेको छ । चाँडै पक्राउ गर्छौ । हाम्रो टोली खटिरहेको छ’ एसपी भट्टराईले भने ।
घटनापछि प्रहरीले चन्द्रागिरि क्षेत्रमा समेत सुरक्षा जाँच कडा बनाएको छ ।










