कीर्तिपुरमा एक युवाको विभत्स हत्या, तीनजना पक्राउ, एक जना कीर्तिपुरका, दुई जना सुदूरपश्चिमका

Thankot Times

थानकोट ।

कीर्तिपुरमा विपिन घिमिरेको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

विपिनको हत्या गरेर भागेको आशंकामा तीन युवालाई प्रहरीले चार घण्टाभित्र पक्राउ गर्न सफल भएको हो ।

उनीहरूको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शंकास्पद दुई युवा सुदूरपश्चिम तथा एक कीर्तिपुरकै भएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई जिल्ला प्रहरी परिसरको टोलीले कीर्तिपुरबाट नै पक्राउ गरेको हो ।

बुधबार दिउँसो करिब ३ बजे विपिनको कीर्तिपुर नगरपालिका–१०, बोडेटोलमा धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *