नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त
थानकोट ।
नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् ।
उनलाई ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार नियुक्त गरेका हुन् ।
यसअघि कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य थिए ।
उनी सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम स्वतः पदमुक्तमा परेका थिए ।










