प्रधानमन्त्री शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त
थानकोट ।
सरकारले वरिष्ठ चिकित्सक एवम् चिकित्सा शिक्षाविद् प्रा. डा. जगदीशप्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीनसमेत रहेका डा. अग्रवालले देशको स्वास्थ्य नीति, सार्वजनिक स्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।
डा. अग्रवालले राज्यबाट कुनैपनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्याउने बताइएको छ ।










