आजको मौसम पूर्वानुमानः कतै यात्रा गर्दै हुनुहुन्छ ? साथमा छाता वा वर्षादी भिर्न नभुल्नुहोला
थानकोट ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जसको प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको हिमाली प्रदेशमा साधरणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा चट्यांगसहित मध्यम सम्मको वर्षा र हिमपात साथै बाँकी तराई भू-भागका थोरै स्थानहरूमा चट्यांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्यांगसहित मध्यम वर्षा तथा मधेस र बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा चट्यांगसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।










