कीर्तिपुरमा विपीनको हत्यामा संलग्न तीनजना पक्राउ

Thankot Times

थानकोट ।

काठमाडाैंकाे कीर्तिपुरमा युवकको हत्या घटनामा संलग्न रहेकाे आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका तीन जनाको विवरण सार्वजनिक गरेको हाे ।

बुधबार दिउँसो कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएकाे थियाे ।

साेही घटनामा संलग्न रहेकाे आराेपमा अछामको साँफेबगर नगरपालिका–४ घर भई कीर्तिपुर–९ भाजंगल बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी नगरपालिका–१ घर भई कीर्तिपुर–८ सिनेमा हल बस्ने २२ वर्षीय रोशन विष्टलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *