नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

बिहीबार सुन तोलामा दुई लाख ९८ हजार ६ सय रुपैयाँमा  कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी १२० रुपैयाँले बढेर तोलामा पाँच हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो बिहीबार चाँदी तोलामा  पाँच हजार ५५ रुपैयाँमा कारोबार भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *