चन्द्रागिरि नगरको बजेट वक्तव्य आज, गतवर्षको बजेट प्रवक्ताले वाचन गरे, यसपटक कसले ?

Thankot Times

थानकोट ।

आर्थिक वर्ष २०८३-८४ का लागि चन्द्रागिरि नगरपालिकाले आज बजेट वक्तव्य सार्वजनिक गर्दैछ ।

नगरको हिजो सोमबार बसेको कार्यपालिका बैठकले आज बजेट वक्तव्य सार्वजनिक गर्ने निर्णय गरेको बताइएको छ ।

आगामी आर्थिक वर्ष लागि चन्द्रागिरि नगरमा करिब २ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको बजेट वक्तव्य सार्वजनिक हुने बुझिएको छ ।

नगरको १८औं अधिवेशन अन्तर्गत बजेट वक्तव्य वाचन हुनेछ ।

स्रोत अनुमान बिना बजेट ल्याइएको भन्दै नेकपा एमालेबाट निर्वाचित उपमेयरसहित, कार्यपालिका र नगर सभा सदस्यहरूले गत चन्द्रागिरि नगरपालिकाको १६औं नगर सभामा चालु वर्ष (२०८२-८३) को बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट बैठक बहिष्कार गरेपछि नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले बजेट वाचन गरेका थिए ।  गतवर्ष चन्द्रागिरि नगरमा बजेटमा असन्तुष्टि जनाउँदै बजेट बैठक नै बहिष्कार गरेको नेकपा एमालेले यसपटक के गर्ला यो विषय चासोका साथ हेरिएको छ ।

फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *