आजबाट साझा यातायातले काठमाडौं-चितवन रुटमा बस सेवा सञ्चालन गर्ने, भाडा ५२० रुपैयाँ
थानकोट ।
साझा यातायातले काठमाडौं-चितवन रुटमा बस सेवा सञ्चालन गर्ने भएको छ ।
शुक्रबार एक विज्ञप्तिमार्फत कम्पनीले सो जानकारी दिएको हो ।
आजबाट हरेक दिन दैनिक २ पटक साझा यातायातको बिहान ७ बजे र ९ बजे गोंगबुस्थित बसपार्कबाट साझाका बसहरू चितवनका लागि छुट्नेछन् । यो रुटका लागि भाडा ५२० रुपैयाँ तोकिएको छ । यो एकतर्फी भाडा दर भएको कम्पनीले जनाएको छ ।
यस बारेमा थप जानकारी लिन परेमा ०१-५४५२६८६ सम्पर्क गर्न सकिनेछ ।
हाल साझा यातायतले थानकोट-बुढानीलकण्ठ, थानकोट-एअरपोर्टसहित काठमाडाैंका विभिन्न रुटमा दिवाकालीन र रात्रिकालिन बस सेवा उपलब्ध गराउँदै आएको छ ।
यो पनि पढ्नुहोस्
आजदेखि नागढुङ्गा-एअरपोर्ट रूटमा रात्रिकालीन बससेवा सुरु (तस्वीरहरू)










