चन्द्रागिरि नगरक्षेत्रमा नयाँ निजी डिप बोरिङ खन्न रोक

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रका विभिन्न इलाका निजी तबरबाट भूमिगत पानी तान्न डिपबोरिङ गर्ने प्रवृत्ति बढेको जनाउँदै त्यस्ता डिपबोरिङ खन्न रोक लगाएको छ ।

बिहीबार एक सूचना जारी गर्दै नगरप्रमुख घनश्याम गिरीले सो जानकारी दिएका हुन् ।

सूचनामा भनिएको छ- मातातिर्थ, मच्छेगाउँ, पानीघाट लगायतका पानीका स्रोत भएका संवेदनशील भाैगाेलिक क्षेत्रमा रहेका मुहानहरू सुकेको र ती स्थानमा व्यापारिक प्रयोजनका निमित्त अनुमति बिना हाल निजी बोरिङ खन्न थालिएको जनगुनासो बढेपछि नगरले सो निर्णय गरेको हो । यस बारेमा चन्द्रागिरि नगर कार्यपालिकाको बैशाख २९ गतेको बैठकमै निर्णय भएको पनि सूचनामा उल्लेख छ ।
सूचना हेराैं

एआईबाट सृजित तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *