राप्रपाको केन्द्रीय समिति बैठक जेठ २८ र २९ मा बस्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पाँच निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जेठ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाउनेलगायत पाँच निर्णय गरेको हो ।

सूची :

१.राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक २०८३ जेठ २८ र २९ गते काठमाण्डौंमा बस्ने निर्णय भएको छ ।

२.राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा प्रस्तुत हालै सम्पन्न निर्वाचनका सम्बन्धमा सातवटै प्रदेशमा भएको समिक्षा बैठकको सुझाव सहितको प्रतिवेदनलाई परिमार्जन सहित आगामी कार्यसम्पादन बैठकमा र त्यसपछि केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिनेछ ।

३.प्रतिनिधिसभाको निर्वाचनका कारण यसअघि स्थगित गरिएको पार्टीको जिल्ला, स्थानीय र सबै तहको अधिवेशन पुन: सुचारु गर्ने निर्णय गरिएको छ। निकट भविष्यमा पार्टीको महाधिवेशन हुने भएकाले विधान बमोजिम सबै स्थानीय तह, क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला एवं प्रदेशको अधिवेशनमा तदारुकताका साथ जुट्न पार्टी पंक्तिलाई राप्रपा आह्वान गर्दछ ।

४.पार्टीको आगामी महाधिवेशनको मिति निर्धारण एवं तालिका बनाइ आगामी कार्यसम्पादन बैठकमा पेश गर्न उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री डा.धवल शमशेर राणा र सह महामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ