आज बिहानैदेखि प्रचण्ड घाम, कस्तो रहला दिनभरको मौसम ?

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज (जेठ २) वर्षाको सम्भावना छ ।

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

बाँकी हिमाली, पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशका केही स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भूभाग र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको  सम्भावना छ ।

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

विभागले राति कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशको थोरै स्थान, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका  तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ