सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा मंगलबार (जेठ ५) सुनको मूल्य तोलामा ५ सयरुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सोमबार (जेठ ४) प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । छापावाल सुनको मूल्य आजका निम्ति तोलाको दुई लाख ९५ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आजका निम्ति प्रतितोला पाँच हजार ८५ रुपैयाँ निर्धारण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *