नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहीबार (वैशाख ३१) सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख दुई हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन बुधबार (वैशाख ३०) तीन लाख दुई हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला पाँच हजार ७ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला पाँच हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *