याम्बालिंग हाइड्रोपावरको आइपीओ बाँडफाँड

Thankot Times

थानकोट ।

याम्बालिंग हाइड्रोपावर लिमिटेडको आइपीओ बुधबार बाँडफाँट भएको छ ।

कम्पनीको आइपीओ बुधबार बिहान बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओमा २९ लाख ८२ हजार ४९८ जनाले ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन दिएका थिए ।

जसमध्ये २९ लाख ३८ हजार ८२ जनाले दिएको आवेदन मात्रै सदर भएको छ भने ४४ हजार ४१६ जनाको आवेदन बदर भएको छ ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथाबाट बाँडफाँड गरिएको छ ।

गोला प्रथाबाट बाँडफाँड गर्दा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी २७ लाख ६३ हजार भन्दा बढीको हात खाली भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *