नागढुङ्गा सुरुङ मार्गमा रोजगारीको अवसर, स्थानीयबासीलाई प्राथमिकता दिइने (सूचनासहित)
थानकोट ।
राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा सुरुङ मार्ग सञ्चालनका लागि आयोजनाले कर्मचारी भर्ना गर्ने तयारी गरेको छ ।
आयोजनाले सुरुङ मार्ग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूबाट रोजगारी आवश्यकता रहेमा सूचीकृत हुने वातावरण मिलाइदिन स्थानीय निकायसँग सहयोग मागेको बताइएको छ ।
जसअनुसार धादिङको धुनिवेशी नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगरक्षेत्रमा नागढुङ्गा सुरुङ मार्ग आयोजना प्रभावित क्षेत्रका बरोजगार व्यक्तिहरूले सात दिनभित्र निवेदन दिन अनुरोध गरेको हो ।
१८ वर्ष पूरा भई ४० वर्ष उमेर ननाघेका सुरुङमार्गमा काम गर्न इच्छुक बेरोजगार (महिला, पुरुष)ले माग भएको कागजातहरूसहित नगरपालिकाको कार्यालयमा निवेदन दिन भनिएको छ ।
सुरुङ मार्गमा अप्राविधिक कर्मचारी भर्ना गर्न सकिने र स्थानीय प्रभावित क्षेत्रका व्यक्तिहरू मध्येबाट रोजगारी प्राप्तिका लागि प्राथमिकीकरण गर्न आयोजनाले स्थानीय तहसँग समन्वय गर्न लागेको हो ।
यस सुरुङ मार्ग चन्द्रागिरि नगरपालिका र धुनिवेशी नगरपालिका निर्माण भएको छ । जुन यही महिनाको अन्तिम सातादेखि परीक्षणका रुपमा सञ्चालन गर्ने तयारी छ।
सूचना हेराैं











