लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना चालक नागढुङ्गाबाट ट्राफिक प्रहरीको नियन्त्रणमा

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका-०२ नागढुङ्गा चेकपोष्ट अगाडी मंगलबार गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जसमा इभी भ्यान चालक २ जना, मोटरसाईकल चालक १ जना रहेका छन् ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण व्युरो र ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा ३ जना चालक फेला परेका थिए ।

नियन्त्रणमा आएका उनिहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

यात्रु बोक्ने जस्तो संबेदनशिल सवारी साधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरित तथा दण्डनीय कार्य भएकोले सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *