आजको मौसम पूर्वानुमानः केही भू-भागमा वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा भने उच्च गर्मी हुने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ ।

मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको तराई भू-भाग र बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानमा, मधेस प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका साथै वाग्मती र गण्डकी प्रदेशका तराई भू-भागका एकदुई स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई  भू-भागमा तातो दिन हुने सम्भावना छ । यी प्रदेशका तराई भू-भागमा केही दिनयता उच्च गर्मी हुँदै आएको छ ।

हिजो दिपायल, धनगढी र नेपालगन्जको उच्चतम तापक्रम ४० डिग्री सेन्टिग्रेड पार गरेको थियो ।

विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने बताएको छ । मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको तराई तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा, मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित  मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भागनजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले प्रस्ट पारेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *