अन्ततः कलंकीबाट समातिए हर्क

Thankot Times

थानकोट ।

बैंकिङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

बुधबार काठमाडौंको कलंकीबाट ४६ वर्षीय हर्कबहादुर बुढा पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट २०८२ पुस १ गते पक्राउ पुर्जी जारी गरिएको थियो ।

रुकुमपूर्वको पुथा उतरगंगा गाउँपालिका– ४ का बुढा ललितपुर महानगरपालिका ४ मा बस्दै आएका थिए । उनीविरुद्ध काठमाडौंका विभिन्न प्रहरी वृत्तमा मुद्दा चलेको थियो ।

जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले उनीविरुद्ध २ करोड ५३ लाख बिगो तोकेको थियो ।

त्यसैगरी, प्रहरी वृत्त बालाजु, काठमाडौंबाट दुई करोड अन्ठाउन्न लाख रुपैयाँ बिगो तोकिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *