बागमती प्रदेश सभाको वर्षे अधिवेशन आजदेखि
थानकोट ।
बागमती प्रदेश सभाको वर्षे अधिवेशन आज (जेठ ११)देखि सुरु हुँदै छ ।
दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीसहित सबै पार्टीका संसदीय दलका नेताले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम वर्षे अधिवेशन आह्वान गरेका हुन् ।
वर्षे अधिवेशन आउँदो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहनेछ ।












