यी हुन् मन्त्रिपरिषदले गरेका चार निर्णय

Thankot Times

थानकोट ।

बालेन नेतृत्व्को सरकारले चार वटा निर्णय गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चार वटा निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल-चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत भएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ।

मोटो धानको प्रति क्विन्टल ३ हजार ६६० र मध्यम धानको प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ