काठमाडौंका ८ वटा पालिकामा रास्वपाको अधिवेशन सकियो, टोखा र तारकेश्वरमा सर्वसम्मत

Thankot Times

थानकोट ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ११ पालिकामध्ये ८ पालिकामा अधिवेशन सम्पन्न गरेको छ ।

अधिवेशनसँगै ती पालिकाले निर्वाचित कमिटि पाएका छन् ।

रास्वपाले चन्द्रागिरि, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ ।

अधिवेशनबाट सभापतिमा चयन हुनेहरूमा चन्द्रागिरिमा जनार्दन केसी, तारकेश्वरमा विनोद चापागाईं, टोखामा सूर्यप्रसाद काफ्ले, नार्गाजुनमा राजन कोइराला, बूढानीलकण्ठमा चिरञ्जीवी पाण्डे, कागेश्वरी मनोहरामा राजकुमार न्यौपाने, गोकर्णेश्वरमा भागवत सापकोटा र दक्षिणकालीमा उमेश आचार्य रहेका छन् ।

अधिवेशन सकिएका दुई पालिकामा सर्वसम्मत् नेतृत्व चयन भएको थियो ।

अन्य अन्य छ वटामा भने निर्वाचन भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी चन्द्रागिरि नगर सभापतिमा जनार्दन केसी निर्वाचित, सचिवमा २ मतले हार-जित

टोखा र तारकेश्वरमा सर्वसम्मत नेतृत्व चयन भएको रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले जानकारी दिए ।

काठमाडौं महानगरपालिका, शंखरापुर र किर्तीपुर नगरपालिकामा भने अधिवेशन हुन बाँकी छ ।

रास्वपाले काठमाडौं महानगरको अधिवेशन जेठ १८ मा, शंखरापुरको जेठ १३ मा र कीर्तिपुरको जेठ १४ मा अधिवेशन गर्ने तयारी गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ