आवश्यकता अनुसार प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रवक्ता पोखरेलको प्रष्टीकरण

Thankot Times

थानकोट ।

सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन्।

सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री वालेन्द्र शाहले आवश्यकता र परिस्थितिअनुसार सम्बोधन गर्ने स्पष्ट पारे।

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नहुने विषयमा उठेको जिज्ञासाको जवाफ दिँदै उनले यसबारे मन्त्रिपरिषद्मा कुनै औपचारिक छलफल नभएको जानकारी दिए। साथै आवश्यक ठानिएको अवस्थामा प्रधानमन्त्रीले सम्बोधन गर्ने उनको भनाइ थियो।

सरकारका प्रवक्ता पोखरेलले आगामी बजेट निर्माणको काम नियमित प्रक्रियाअनुसार अघि बढिरहेको पनि बताएका छन्। उनका अनुसार अर्थमन्त्रीले बजेट तयारीको काम गरिरहेका छन् भने अधिकांश मन्त्रालयहरूले आ(आफ्ना योजना तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन्।

सरकारले बजेट निर्माण प्रक्रियालाई तय कार्यतालिका अनुसार अघि बढाइरहेको उनले उल्लेख गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ