शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

Thankot Times

थानकोट ।

सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेकाे छ ।

आज न्यायाधीशद्वय महेश शर्मा पाैडेल र नित्यानन्द पाण्डेयकाे संयुक्त इजलासले काठमाण्डाै जिल्ला अदालतबाट चैत २४ जारी भएकाे पक्राउ पूर्जीका आधारमा पक्राउ नगर्न भनेकाे हाे । याे पक्राउ पूर्जी स्वतः निष्क्रिय भएकाे सर्वाेच्चकाे आदेशमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान भएको कसूरको मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतलाई मात्रै रहेकाे सर्वाेच्चकाे निष्कर्ष छ ।

विभागले देउवा दम्पतीमाथि अनुसन्धान गरिरहेकै बेला काठमाण्डाै जिल्ला अदालतले चैत २४ गते उनीहरूलाई पक्राउ गर्न अनुमति दिएको थियो ।

याे पक्राउ अनुमतिविरुद्ध देउवाकाे तर्फबाट सर्वोच्चमा रिट दायर भएकाे थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ