सुनको मूल्य उकालो लाग्यो
थानकोट ।
नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ ।
आइतबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोही परिणामको सुनको मूल्य आइतबार २ लाख ९० हजार ९सय रुपैयाँ कामय थियो ।
त्यस्तै, आज सोमबार बजारमा चाँदीको मूल्य पनि तोलामा १ सय ४० रुपैयाँले बढेर ५ हजार १ सय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।












