टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड

Thankot Times

थानकोट ।

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ।

सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो।

क्यापिटलका अनुसार यस निष्काशनमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाको आवेदन परेको थियो । तर २७ लाख ७१ हजार २ सय ५२ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोला प्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा २ लाख ५१ हजार ५ सय ४५ जनाले शेयर पाएका छन् । शेयर पाउने मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने अन्यले १० कित्ताको दरले शेयर पाएका छन् ।

आईपीओको नतिजा केही समयपछि सार्वजनिक हुने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *