सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार (जेठ ७) सुनको मूल्य बढेको छ ।

यसदिन सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ९३ हजार ८ सय रुपैयाँ कायम छ ।

हिजो बुधबार (जेठ ६) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले बढेको छ ।

यसदिन चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

हिजो बुधबार चाँदी प्रतितोला चार हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *