नेपाली बजारमा सुनको मूल्य घट्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा आज बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३ सय रुपैयाँ घटेको हो ।
मंगलबार प्रतितोला दुई लाख ९५ हजार ३ सय मा कारोबार भएको छापावाला सुन आज दुई लाख ९२ हजारमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा १ सय २५ रुपैयाँ घटेको छ ।
मंगलबार प्रतितोला पाँच हजार ८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि प्रतितोला चार हजार ९ सय ६० रुपैयाँ निर्धारण गरिएको छ ।










