सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला २ लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा २ सय १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो ।












