नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज मंगलबार (जेठ १२) सुनको मूल्य घटेको छ ।

यसदिन सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा एक हजार ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलाको दुई लाख ९१ हजार ५ सय रुपैयाँ कायम छ ।

सोमबार (जेठ ११) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेको छ ।

यसदिन चाँदीको भाउ प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

हिजो सोमबार चाँदी प्रतितोला पाँच हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *