काभा महिला भलिबल: नेपालको यात्रा सेमीफाइनलमै रोकियो, इरान सोझो सेटमा विजयी

Thankot Times

थानकोट ।

काभा महिला भलिबल च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपाल इरानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा आज भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भयो । इरानले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–११ ले जित्यो ।

अब इरानले उपाधिका लागि फाइनलमा भाेलि काजकिस्तानसँग खेल्नेछ ।

आज भएको पहिलो सेमिफाइनलमा भारतलाई सोझो सेटमा हराउँदै काजकिस्तान फाइनलमा पुगेको हो ।

यस्तै, नेपालले तेस्राे स्थानका लागि भाेलि नै भारतसँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *