बजेट वक्तव्यः जलनको सघन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरिने

Thankot Times

थानकोट ।

सरकारले जलनको सघन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गर्ने भएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले यसबारे जानकारी गराएका हुन्।

उनले स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन ,प्रमाणीकरण र प्रत्यानका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिने बताए।

कर्णाली र सुदूरपश्चिमलगायत दूर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ। संघीय विशिष्टकृत अस्पतालमा जलन उपचारका युनिट स्थापना गरिने मन्त्री वाग्लेले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ