अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटबाट बाहिरियो

Thankot Times

थानकोट ।

नेपाली महिला क्रिकेट टोली एसियन गेम्स २०२६ मा छनोट हुन असफल भएको छ।

मलेसियामा आइतबार विहान तेस्रो स्थान तथा एसियन गेम्सको निर्णायक छनोट खेलमा नेपालले चीनसँग ५ विकेटले पराजित भयो।

वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५ विकेटको क्षतिमा ५० रन बनाएको थियो।

डिएलएस मेथडमा ७ ओभरमा ४३ रनको लक्ष्य पाएको चीन अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

नेपालकी सीता मगरविरूद्ध चीनकी चाइ युझीले अन्तिम बलमा चौका प्रहार गर्दा चीन सम्भव भयो। सो बलमा नेपालले दुई रन मात्र दिन सकेको भए पनि खेल जित्ने वाला थियो। तर चौका ब्यहोर्दा नेपाल पराजित हुँदा एसियन गेम्स खेल सपना चकनाचुर भयो।

नेपाललाई हराएसँगै चीन भने एसियन गेम्समा छनोट भएको छ।

यसअघि फाइनलमा पुगेका थाइल्यान्ड र मलेसिया पनि एसियन गेम्समा पुगेका थिए।

फाइनलमा पुगेका दुई टोली र तेस्रो भएको एक टोली गरी तीन टोली एसियन्स गेम्समा छनोट हुने व्यवस्था थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ