वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह धरौटीमा रिहा
थानको ट।
नागरिकता तथा लिखतसम्बन्धी कसुरको अभियोगमा अदालतमा उपस्थित गराइएका वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह धरौटीमा रिहा भएका छन् ।
पर्सा जिल्ला अदालतले मंगलवार सुनुवाइपछि सिंहसँग चार लाख १५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको थियो ।
अदालतको आदेशअनुसार धरौटी रकम बुझाएपछि उनी छुटेका छन् ।
अदालतका अनुसार लिखतसम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ तथा झुट्टा विवरणका आधारमा नागरिकता लिएको आरोपसँग सम्बन्धित मुद्दामा १५ हजार रुपैयाँ धरौटी निर्धारण गरिएको थियो ।












