सुनको भाउ यथावत, चाँदीको भाउमा गिरावट

Thankot Times

थानकोट ।

आज बुधबार नेपाली बजारमा सुनको भाउ अघिल्लो कारोबार दिनमा कायम मुल्य यथावत रहेको छ ।

यसदिन चाँदीको भाउ भने घटेको छ ।

हिजो मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही दरमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको छ ।

हिजो तोलाको ५ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर तोलाको ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *