एसियाली खेलकुद छनोटः उपाधिका लागि नेपाल क्रिकेट टोलीले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

Thankot Times

थानकोट ।

एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार मध्यान्ह सवा १२ बजे शुरु हुनेछ ।

नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै फाइनलमा पुगेको हो । यता दोस्रो सेमिफाइनलमा हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो ।

नेपाल र हङकङबीच अहिलेसम्म १४ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन् । जसमध्ये नेपालले ७ खेल जितेको छ भने हङकङ ५ खेलमा विजयी भएको छ । दुई खेल नतिजाविहीन सकिएको छ ।

यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच बिहान ७ बजेर १५ मिनेटमा प्रतिस्पर्धा हुँदैछ । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज मैदान उत्रनेछ । नेपालसँगै मलेसिया, हङकङ र ओमान एशियाली खेलकुदको लागि छनोट भइसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *