ट्राफिक नियम उल्लंघनसम्बन्धी भिडियोका आधारमा हर्क साम्पाङमाथि कारबाही
थानकोट ।
ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो सामग्रीका आधारमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक नियम उल्लंघनसम्बन्धी कारबाही गरेको छ।
प्रहरीका अनुसार उनले सवारी सञ्चालनका क्रममा ट्राफिक नियमको पालना नगरेको देखिने भिडियो सार्वजनिक भएपछि सोही आधारमा लापरबाहीपूर्वक सवारी चलाएको आरोपमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।
यसअघि जेठ २२ गते उदयरपुल-बेलका क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुन कटारीतर्फ जाँदै गर्दा उनी सवारी दुर्घटनामा परेका थिए।
दुर्घटनापछि हातमा चोट लागेको अवस्था देखिने भिडियो उनले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
प्रहरीले सार्वजनिक भिडियो तथा घटनासम्बन्धी विवरणका आधारमा ट्राफिक नियम उल्लंघनको पक्षमा अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ।












