वृत्तचित्र निर्माणका नाममा चन्द्रागिरिमा बढी भुक्तानी गरिएको महालेखाको ठहर

Thankot Times

थानकोट ।

महालेखा परीक्षकको कार्यालयले चन्द्रागिरि नगरपालिकामा कार्यविधि भन्दा बढी भूक्तानी भएको विषय सार्वजनिक गरेको छ ।

निजी उद्यम प्रवर्द्धन आर्थिक सहायता तथा कार्यक्रम अनुदान कार्यविधि २०७८ को दफा १२ (३) मा चन्द्रागिरि नगरपालिकाले विभिन्न गतिविधिका वृत्तचित्र तयार गरी कुनै टेलिभजनसँग सम्झाैता गरि प्रसारण गरेबापत अधिकतम ५० हजार रुपैयाँसम्म भुक्तानी गर्न सकिने भएपछि पालिकाले सो नगरेको फेला परेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

जसअनुसार ४ वटा मिडियाले ३ लाख ४२ हजार ९९८ रुपैयाँ अनियमित भुक्तानी लिएका छन् ।

ती सबै कार्यक्रम वडाध्यक्षसँग सम्झाैता गरी सञ्चालन गरिएको पनि सो प्रतिवेदनमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ