५०९ जना प्रहरी निरीक्षकहरूको एकसाथ सरुवा, बलम्बु र नागढुङ्गा प्रभागका प्रमुख पनि फेरिए

Thankot Times

थानकोट ।

नेपाल प्रहरी प्रधान कार्यालयले एकसाथ ५०९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) हरूको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेठ २७ (बुधबार) सो निर्णय गरेका हुन् ।

सरुवा भएका इन्स्पेक्टरहरूमध्ये केही काजमा रहेका छन् ।

सरुवा भएका सबैको तलब आगामी असार महिनादेखि सरुवा भएकै ठाउँबाट पाउनेछन् ।

जसअनुसार प्रहरी प्रभाग नागढुङ्गामा अजयजंग थापा सरुवा भएका छन् । यसअघि हेमकुमार थपलिया यहाँको प्रमुख भएपनि अन्यत्र काज गएका थिए । यस्तै, थापा अहिले यहाँ काजमा खटाइएका थिए । उनी २०८२ कार्तिक अन्तिम सातादेखि प्रहरी प्रभाग नागढुङ्गाको प्रमुखका रुपमा कार्यरत छन् ।

प्रहरी प्रभाग बलम्बुमा निराजन सुनार आउने भएका छन् ।

उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग संघीय अपराज अनुसन्धान शाखा नक्सालमा कार्यरत थिए ।

हाल प्रहरी प्रभाग बलम्बुको कमाण्ड सम्हालिरहेकी लक्ष्मी खड्का नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल सरुवा भएकी छन् । उनले २०८२ वैशाख १८ गतेबाट प्रहरी प्रभाग बलम्बुमा प्रमुखको जिम्मेवारी लिइरहेकी छन् ।

तस्बिरमा प्रहरी निरीक्षकद्वय लक्ष्मी खड्का, अजयजंग थापा


Leave a Reply

Your email address will not be published. Required fields are marked *