रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् ।

पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकरामले सबैभन्दा बढी १९९ मत पाएका थिए ।

उनले ५१ प्रतिशत मत नपाएपछि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको निर्वाचन गर्ने भनिएको थियो । उनीहरू दुई जनाबीच ११२ मतको फरक थियो ।

तर, गोपालले शालिकरामलाई समर्थन जनाएपछि निर्वाचन नगरी शालिकरामलाई सभापतिमा निर्वाचित भएको घोषणा गरिएको रास्वपा सांसद ज्ञानु पौडेलले जानकारी दिइन् ।

निर्वाचन परिणामअनुसार रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९, अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत, रुपन्देहीका गणेश पौडेलले ८४ मत, बाँकेका डा. राजकुमार सुवेदीले ८० मत, रुपन्देहीका मञ्जु भुसालले ७१ मत र  रुपन्देहीकै मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए ।

दाङको घोराहीको भएको निर्वाचनमा कुल ५५२ मत खसेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ