विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

Thankot Times

थानकोट ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच/पाँच, झापा र ललितपुरबाट चार/चार, सिरहा र काठमाडौँबाट तीन/तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक/एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूका साथबाट लागूऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र ट्रामाडोल बरामद गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ