फिफा विश्वकप फुटबल २०२६ः इरान र न्युजिल्यान्डले २-२ गोलको बराबरी खेले

Thankot Times

थानकोट ।

विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेलेका छन् ।

खाडी युद्धका कारण यो विश्वकपमा सहभागिता नै अनिश्चित बनेको इरानले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग बराबरी खेल्यो । अमेरिकाको लस एन्जलसमा भएको खेलमा न्युजिल्यान्डले दुई पटक अग्रता बनाए पनि जोगाउन सकेन ।  इजिल जस्टले खेलको ७औ र ५५औँ मिनेटमा गोल गरे ।
इरानका लागि ३२औँ मिनेटमा रमनी रेजाइन र ६४औँ मिनेटमा मोहम्मद मोहेवीले गोल गरे । दुवै टोलीले अङ्क बाँडेका छन् ।

समूह ‘जी’ कै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका छन् । इजिप्टले १९औँ मिनेटमा इमाम आशौरको गोलमार्फत अग्रता लिएको थियो । तर दोस्रो हाफको ६६औँ मिनेटमा इजिप्टका मोहम्मद हानीको उपहार गोलबाट बेल्जियम हारबाट जोगियो ।
त्यस्तै आज बिहान भएको खेलमा उरुग्वे र साउदी अरब तथा गए राति भएको खेलमा स्पेन र केप भर्डेले पनि बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

प्रतियोगिता अन्तर्गत भोलि बिहान पाैने १ बजे सेनेगल र फ्रान्सबीच खेल हुनेछ । यस्तै, बिहान पाैने ४ बजे इराक र नर्वेबीच खेल हुनेछ भने बिहान पाैने ७ बजे अल्जेरियाले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ