आज बिहीबार दिनभरको मौसम पूर्वानुमान यस्तो छ

Thankot Times

थानकोट ।

देशका केही स्थानमा वर्षा हुँदा केही भूभागमा तातो दिन हुने सम्भावना छ । केही भूभागमा मध्यमसम्म वर्षाको हुँदा केही स्थानमा तातो दिनको पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी र मधेस प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी र मधेस  प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना छ ।

यसअघि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मात्रै तातो दिन हुने भनेर सूचना जारी गर्दै आएको विभागले आज वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको बताएको छ ।

विभागले राति कोसी प्रदेशमा साधारणतया बादल लाग्ने बताएको छ । अन्य हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोसी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *