एसियाली करातेमा एरिका गुरुङलाई कास्य पदक

Thankot Times

थानकोट ।

नेपालकी एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाएकी छिन् ।

इन्डोनेसियाको बालीमा भइरहेको प्रतियोगितामा एरिकाले शुक्रबार महिला ६८ किलोमाथिको तौलसमूहमा नेपाललाइ कास्य पदक दिलाएकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा एरिकाले काजकिस्तानकी ताइसिया उल्टेलबायभालाई ११–२ अंकले हराइन् ।

यसअघि पहिलो चरणमा ‘वाइ’ पाएकी एरिकाले दोस्रो चरणमा भारतकी जोनी माङखियालाई ८–० अंकले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *