ललितपुरको बालकुमारीमा गोली चल्याे, तीनजना पक्राउ
थानकोट ।
ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले विशेष अपरेसन सञ्चालन गर्दै संदिग्ध लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।
उक्त कारबाहीका क्रममा तीन जना लागुऔषध कारोबारी पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेकाहरूको परिचय र बरामद सामग्रीबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन् ।
घटनापछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।










