फिफा विश्वकप फुटबल २०२६: नेदरल्यान्ड्स र जर्मनीको सहज जित
थानकोट ।
फिफा विश्वकपमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार क्यानडामा भएको खेलमा आइभरी कोस्टलाई २-१ गोलले हराउँदै जर्मनी विजयी भएको हो ।
आइभरी कोस्टले ३०औँ मिनेटमा गोल गर्दै खेल आफ्नो नियन्त्रणमा राखेको थियो । तर, ६८औँ मिनेटमा जर्मनी गोल फर्काउन सफल भयो । त्यसपछि रोमाञ्चक बनेको खेलमा इन्जुरी समयमा सानदार गोल गर्दै जर्मनी विजयी भयो ।
३०औँ मिनेटमा आइभरी कोस्टका फ्रान्क केसिईले गोल गरेका थिए । भने, जर्मनीका लागि दुवै गोल डेनिज उन्डाभले गरेका हुन् ।
जितपछि जर्मनी समूह ‘ई’को शीर्षस्थानमा उक्लिएको छ ।
यस्तै, फिफा विश्वकपमा नेदरल्यान्ड्सले स्विडेनमाथि सानदार जित निकालेको छ ।
नेपाली समयअनुसार शनिबार राति ह्युस्टन रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सले स्विडेनमाथि ५-१ गोलको सानदार जित निकालेको हो ।
सुरुदेखि नै स्विडेनमाथि दबाब सिर्जना गरेको नेदरल्यान्डले पहिलो हाफमा २ गोल गरेको थियो । त्यसपछि दोस्रो हाफमा ३ गोल थप्यो ।
नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोब्बी र कोडी गाक्पले २/२ तथा क्राइसेन्सियो समरभिल १ गोल गरे ।
स्विडेनका एन्थोनी एलाङ्गाले १ गोल फर्काए ।
अहिले कुराकाओ र इक्वेडरबीचको खेल चलिरहेको छ ।
आजै बिहान पौने १० बजे मेक्सिकोमा ट्युनिसिया र जापान खेल्नेछन् ।










