भेनेजुएलामा शक्तिशाली भूकम्प

Thankot Times

थानकोट ।

भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महशुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार साँझ ६:०४ बजे मोन्टाल्बान क्षेत्रमा १३.२ किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

भूकम्पपछि भेनेजुएला, अमेरिकी भर्जिन टापुहरू र ब्रिटिश भर्जिन टापुहरूका लागि सुनामी चेतावनी जारी गरिएको थियो । तर, पछि उक्त चेतावनी रद्द गरिएको छ ।

हालसम्म मानवीय क्षति वा घाइतेको विस्तृत विवरण सार्वजनिक भएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *