फिफा विश्वकप फुटबल २०२६: मेक्सिको र दक्षिण अफ्रिका नकाउट चरणमा

Thankot Times

थानकोट ।

साउथ अफ्रिका फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।

समूह ‘ए’अन्तर्गत आज भएका खेलको रोमाञ्चक नतिजाले साउथ अफ्रिका नकाउट चरणमा पुगेको हो ।

अन्तिम खेलअघि समूहको अंकतालिकामा पुछारमा रहेको साउथ अफ्रिकाले साउथ कोरियालाई १–० गोल अन्तरले पराजित गर्‍यो ।

यस्तै, फिफा विश्वकपमा आयोजक राष्ट्रमध्येको एक मेक्सिकोले शतप्रतिशत जित निकालेको छ ।

बिहीबार भएको अन्तिम खेलमा चेक रिपब्लिकलाई हराएसँगै मेक्सिकोले समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको हो ।

समूह ‘ए’मा रहेको मेक्सिकोले बिहीबार चेक रिपब्लिकलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । त्यसअघि उसले साउथ कोरियालाई १–० र साउथ अफ्रिकालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

समूह चरणमा शतप्रतिशत जित निकालेको मेक्सिकोको तालिकामा ९ अंक रह्यो । यता, एक खेलमा जित र एक खेल बराबरी गरेको साउथ अफ्रिका ४ अंकसहित उपविजेता बनेको छ ।

त्यस्तै, ३ अंक भएको साउथ कोरिया तेस्रो हुँदा अन्तिममा चेक रिपब्लिक रह्यो ।

यो समूहबाट विजेता बनेको मेक्सिको जारी फिका विश्वकपमा सबैभन्दा पहिला नकाउट चरणमा पुग्ने टोलीसमेत हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *