आईसीसी विश्वकप लिग-२: नेपाली टोली घोषणा

Thankot Times

थानकोट ।

नेदरल्याण्ड्समा हुने आईसीसी विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको हो ।

टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख र गुल्सन झा समावेश छन् ।

त्यस्तै करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम शार्की, अर्जुन कुमार र विनोद भण्डारी पनि टोलीमा परेका छन् ।

रिजर्भ खेलाडीमा सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *